शुक्रवार, आश्विन १६ गते २०८३

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

बुधवार , पौष २, २०८२

काठमाडौँ । नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ। 

शनिबारदेखि सुरू भएको ११ औं महाधिवेशन अन्तर्गत बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुने भनिए पनि केही ढिला गरी सुरू भएको हो। 

मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डप पुग्ने क्रम जारी छ।  मतदानस्थल भने परिवर्तन भएको छ। भृकुटीमण्डपको हल बुधबारका लागि अरूले नै भाडामा बुकिङ गरिसकेको हुनाले एमालेले बन्द सत्र भएकै स्थानमा मतदान गर्ने भएको छ। 

 एमालेको जारी महाधिवेशनका लागि २ हजार २६२ जना प्रतिनिधि चुनिएर आएका छन्। एमालेले आफ्नो महाधिवेशनमा रामलक्ष्मण इनोभेसन प्रालिले बनाएको विद्युतीय भोटिङ मेसिन् प्रयोग गर्दै आइरहेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार