काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ। भृकुटीमण्डपमा बिहान ८ बजेदेखि सुरू हुने भनिएको मतदान केही ढिला गरी साढे ९ बजेदेखि मात्रै मतदान सुरू भएको हो।
अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले मतदान सकेका छन्। उनलाई मतदानका लागि ४० मिनेट समय लागेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिए। त्यस्तै विष्णु पौडेलले २५ मिनेट र सुरेन्द्र पाण्डेले ३० मिनेट समय लगाएका छन्।