शुक्रवार, आश्विन १६ गते २०८३

आठ घण्टामा मतदान सक्काउँछौं, त्यसको दुई घण्टाभित्र नतिजा आउँछ : गौतम

बुधवार , पौष २, २०८२

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ ।

एमाले नेता राजेन्द्र गौतमले राति साढे १० बजेअघि नै नतिजा सार्वजनिक हुने बताएका छन् । मतदान स्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा गौतमले मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने बताएका हुन् ।

उनले भने, ‘हाम्रो जम्मा मतदाताहरुको संख्या र भोटिङ मेसिनलाई लाग्ने समयलाई काउन्ट गर्दाखेरी एक जना व्यक्तिलाई २० मिनेट लाग्ने र एकपटकमा ८० जनाले भोट खसाल्न पाउने व्यवस्था गरिएको छ ।’

उनले थपे, ‘यसरी हेर्दा टेन्टेटिभ्ली आठ–साढे आठ घण्टामा हामीले मतदान सक्काउँछौं भन्ने तयारी अनुसार, निर्वाचन आयोगले दिएको सूचना अनुसार हामी अगाढि बढेका हौं ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार