शुक्रवार, आश्विन १६ गते २०८३

सभामुख चयनका लागि आज मधेस प्रदेशसभा बैठक बस्दै

बुधवार , पौष २, २०८२

काठमाडौं । मधेस प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभामा रिक्त रहेको सभामुख चयनको प्रक्रिया अगाडि बढाउन प्रदेश सभा बैठक आह्वान गरिएको हो ।

प्रदेश सभा बैठक बस्नुअघि उपसभामुख बबिता राउत ईशरको कार्यकक्षमा सर्वदलीय बैठक बोलाइएको छ । प्रदेश सभाको बैठकबाट सभामुख निर्वाचन प्रक्रियालाई अनुमोदन गरिने र त्यस लगत्तै निर्वाचनको कार्यतालिका प्रकाशित गरिने प्रदेश सभा सचिवालयले जनाएको छ । गत मंसिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डलले पदअनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाईले पारित भएपछि उक्त पद रिक्त छ ।

मधेस सरकारमा हाल ७ दल सहभागी रहेकोमा नेपाली कांग्रेसले मुख्यमन्त्री पाएको छ भने गठबन्धनभित्र दोस्रो ठूलो दल रहेको जसपा नेपालले सभामुखमा दावी गर्दै आएको छ । यता मधेस प्रदेशको मन्त्रीपरिषद् विस्तार भएसँगै सात दलभित्र मतभेद समेत सुरु भएको छ ।

जनमत पार्टीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नपाएपछि पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमै आपत्ति जनाउँदै सरकार छाड्नेसम्मको चेतावनी दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार