शुक्रवार, आश्विन १६ गते २०८३

एमाले महाधिवेशनमा आजै मध्यरातिसम्म मतगणना सुरु हुने

बुधवार , पौष २, २०८२

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा मतदान जारी छ ।

८० वटा भोटिङ मेसिनमार्फत एमाले महाधिवेशन प्रतिनिधिले भोट हालिरहेका छन् । मेसिन भए पनि मतदान गर्न एकजनलाई आधा घण्टासम्म लाग्ने गरेको मतदाताले बताएका छन् । तर एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले मतदान सकेर आजै मध्यराति गणना पनि सुरु हुने लक्ष्य रहेको बताएका छन् ।

उनले भने, ‘आज राति ८ बजेसम्म मतदान सकिने हाम्रो अनुमान छ तर यसमा एक–दुई घण्टा तलमाथि हुनसक्छ, राति १० बजेसम्म पक्कै मतदान सकिनेछ, मतदान सकिएपछि त गणना सुरु भइहाल्छ ।’ उनले आजै मध्यरातिसम्म मतगणना पनि सुरु हुने आकलन रहेको बताएका हुन् ।

जारी मतदानबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि पदाधिकारीतर्फ १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ जना सचिव चुनिँदै छन् । अध्यक्षका प्रतिस्पर्धीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलका दुई प्यानलका गरी ६ सय ५० जनाजति उम्मेदवार छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार