शुक्रवार, आश्विन १६ गते २०८३

अपडेट : एमालेको निर्वाचनमा दिउँसो २:३० सम्म ५५५ मत खस्यो

बुधवार , पौष २, २०८२

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा ५५५ मत मत खसेको छ ।

राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ५५५ मत खसेको हो । निर्वाचनमा दिउँसो २ः३० सम्म एक चौथाई मत खसेको एमाले नेता कुसान लामाले जानकारी दिएका छन् ।

एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् ।  भित्र मतदान हुँदै गर्दा बाहिर नयाँ नेतृत्वका लागि नेता कार्यकर्ताहरुले मत मागिरहेका छन् ।

उनीहरुले आ–आफ्नो पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार