आयोगका अनुसार कोशी प्रदेशका मतदाताले कोशी प्रदेश निर्वाचन कार्यालय, विराटनगर पुगेर मतदान गर्नुपर्नेछ । मधेश प्रदेशको निर्वाचन केन्द्र महेन्द्र नारायण निधि, मिथिला संस्कृति केन्द्र जनकपुरमा रहनेछ ।
गण्डकीका मतदाता भोट हाल्न प्रदेश निर्वाचन कार्यालय पोखरा जानु पर्ने भएको छ । लुम्बिनीको कर्मचारी मिलन केन्द्र घोराही, कर्णालीको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर तथा सुदूरपश्चिमका लागि प्रदेश निर्वाचन कार्यालय धनगढी मतदान केन्द्र तोकिएको छन् ।
निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलले मतदान गर्ने व्यवस्था रहेको छ ।