एमालेका कुल दुई हजार दुई सय ६३ मतदातामध्ये दुई हजार दुईसय २७ मत मात्रै खसेको छ। विभिन्न कारणले ३६ जना मतदाता उपस्थित हुन नसकेका निर्वाचन आयोगले जनाएको छ।
बुधबार बिहान नौ बजेर २० मिनेटमा मतदान सुरु भएको थियो। ८० वटा विद्युतीय मेसिनबाट भएको मतदान सकिन साढे २१ घन्टा लागेको हाे।
एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र रुपमासमेत उम्मेदवारी दिएका छन्।
उम्मदेवारको लिस्ट लामो भएकाले मतदान गर्न समय लागेको मतदाताले बताएका छन्।एक जना मतदातालाई कम्तीमा आधाघण्टादेखि बढीमा सबा दुई घण्टासम्म मतदानमा समय लागेको थियो। निर्वाचन आयोगले केही बेरमै मतगणना सुरु हुने र करिब तीन घण्टासम्ममा नतिजा आइसक्ने जनाएको छ।