शुक्रवार, आश्विन १६ गते २०८३

पछिल्लो मत परिणाम अनुसार सचिवमा ओली टिमका ९ उम्मेदवारको अग्रता

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा मत गणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार सचिवमा ९ जना नै केपी शर्मा ओलीको टिमका उम्मेदवारले अग्रता लिएका छन् ।

ओली टिमका छविलाल विश्वकर्मा र महेश बस्नेतले सर्वाधिक मत ३११ सहित अग्रता लिँदा पद्माकुमारी अर्याल र शेरधन राईले पनि ३ सय मत कटाएका छन् । अर्यालले ३०५ र राईले ३०० मत पाएका छन् । यस्तै खगराज अधिकारीले २७९, हिक्मत कुमार कार्कीले २७४, यमलाल कडेलले २६९, राजन भट्टराईले २३६ र भानुभक्त ढकालले २२५ मत पाएका छन् ।

सचिवमा २० जनाको उम्मेदवारी परेको छ । अन्य उम्मेदवारले भने २ सय मत नघाउन सकेका छैनन् ।

अरु उम्मेदवारको मत परिणामः

अग्निप्रसाद खरेल : १४९
इन्द्रलाल साप्कोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्ण गोपाल श्रेष्ठ : ११४
गोकुलप्रसाद बास्कोटा : १९२
ठाकुरप्रसाद गैरे : १७५
पुर्सोतम पौडेल : ८६
पेम्वा लामा : ८५
रचना खड्का : १६९
लालबाबु पण्डित : ७३
विनोदप्रसाद ढकाल : १४८

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार