काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा महासचिवमा कडा प्रतिस्पर्धा देखिएको छ ।
महाधिवेशनको पछिल्लो मतपरिणाम अनुसार केपी शर्मा ओलीको प्यानलका शंकर पोखरेलले मतान्तर बढाएका छन् । यसअघि ६० मतान्तर रहेकोमा उनले बढाउँदै ८७ पुर्याएका हुन् ।
एक हजार १३९ मत गणना हुँदा पोखरेलले ६१३ मत प्राप्त गरेका छन् भने ईश्वर पोखरेल प्यानलका सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गरेका छन् ।