काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा अध्यक्ष केपी शर्मा ओली समूहको वर्चस्व देखिएको छ ।
ओली समूहबाट पृथ्वी सुब्बा गुरुङले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले एक हजार ७३७ मत पाएका छन् ।
त्यसपछि ओली पक्षकै विष्णुप्रसाद पौडेल (१६७५), रामबहादुर थापा बादल (१५१६), गोकर्णराज विष्ट पोखरेल पक्ष (१३६८) र रघुजी पन्त (१२५८) ले जित निकालेका छन् ।