काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
१९ सदस्यीय पदाधिकारीका लागि निर्वाचन भएको थियो । केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ । अध्यक्षमा ओलीसँग ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका थिए ।
दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर उत्रिएकोमा अधिकांश ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् । पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्रै विजयी भएका छन् ।
सचिवमा सबै ओलीकै प्यानलका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
यी हुन् नवनिर्वाचित १९ सदस्यीय पदाधिकारी
अध्यक्ष
केपी शर्मा ओली : १६६३
उपाध्यक्ष
विष्णु पौडेल : १६७५
रामबहादुर थापा : १५१६
पृथ्वीसुब्बा गुरुङ : १७३७
रघुजी पन्त : १२५८
गोकर्ण विष्ट : १३६८
महासचिव
शंकर पोखरेल : १२२८
उपमहासचिव
रघुवीर महासेठ : १३६८
लेखराज भट्ट : १४५२
योगेश भट्टराई : १३४८
सचिव
छविलाल विश्वकर्मा : १५०६
भानुभक्त ढकाल : ११०८
पद्माकुमारी अर्याल : १५३०
खगराज अधिकारी : १२३१
यामलाल कँडेल : ११८५
राजन भट्टराई : ११८१
शेरधन राई : १५०३
हिक्मत कार्की : १३३७
महेश बस्नेत : १५४४