काठमाडौं । उपाध्यक्षमा पराजित भएका नेकपा (एमाले)का नेता गुरुप्रसाद बराल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।
एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार, बरालले केन्द्रीय सदस्यमा ७५४ मत मात्रै पाएका छन् । एमाले केन्द्रीय सदस्यमा १ हजार ५०० भन्दा बढी मत ल्याउने निर्वाचित भएका छन् ।
यसअघि बराल उपाध्यक्षमा पनि पराजित भएका थिए । उनले उपाध्यक्षमा १ हजार १३७ मत मात्रै पाएका थिए । एमालेमा पाँच उपाध्यक्ष रहने व्यवस्था छ ।
उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ (१७३७), विष्णुप्रसाद पौडेल (१६७५), रामबहादुर थापा बादल (१५१६), गोकर्णराज विष्ट (१३६८) र रघुजी पन्त (१२५८) निर्वाचित भएका हुन् ।