शुक्रवार, आश्विन १६ गते २०८३

ओलीका राजनीतिक व्यवस्थापक विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि हारे

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

एघारौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उनी उपमहासचिव र केन्द्रीय सदस्यका उम्मेदवार थिए । दशौं महाधिवेशनमा ओलीको सूचीबाट उपमहासचिव जितेका रिमाल यसपटक पनि उक्त पदमा दोहोरिन खोजेका थिए । उपमहासचिवमा पराजित भएका रिमाल केन्द्रीय सदस्यमा पनि हार व्यहोरेका हुन् ।

रिमाल अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । उनी ओलीका राजनीतिक व्यवस्थापकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका नेता हुन् । लामो समय उनले ओलीकै टिममा रहेर काम गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार