शुक्रवार, आश्विन १६ गते २०८३

एमाले पदाधिकारीमा उपाध्यक्ष र सचिवसहित ८ जनाले गरे डेब्यू

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको नयाँ पदाधिकारी टिम बनेको छ । काठमाडौंमा गत २७ मंसिरदेखि जारी महाधिवेशनमा भएको निर्वाचनपछि नयाँ टिम बनेको हो ।

यसपटक एमालेको नेतृत्वका लागि दुई समूहबीच प्यानल नै बनाएर निर्वाचन भएको थियो । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको थियो । अन्तिम मतपरिणाम अनुसार, एमाले नेतृत्वमा सबैजसो केपी शर्मा ओली प्यानलबाटै पदाधिकारीका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट बाहेक सबै ओली प्यानलबाट पदाधिकारी निर्वाचित भएका हुन् । सचिवमा भने सबै ओली प्यानलकै पदाधिकारीहरू निर्वाचित भएका छन् ।

को को हुन् त ८ जना पदाधिकारीहरु ?

यसपटक एमालेको पदाधिकारीमा ८ जनाले डेब्यू गरेका छन् । उपाध्यक्षमा निर्वाचित भएका रघुजी पन्त पदाधिकारीमा नयाँ हुन् । उनी पहिलोपटक उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै, अन्य ७ जना सचिवहरू पनि पहिलोपटक पदाधिकारी टिममा इन्ट्रि गरेका छन् । जसमा भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की, शेरधन राई, हिक्मत कार्की र महेश बस्नेत रहेका छन् ।

उनीहरू सबै पहिलोपटक पदाधिकारीमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार