काठमाडौं । नेकपा (एमाले)को अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका केपी शर्मा ओलीले शपथ लिएका छन् ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले ओलीलाई शपथ ग्रहण गराएका हुन् । आज तीन जनाको मात्रै शपथ ग्रहण हुनेछ ।
केन्द्रीय अनुशासन आयोगमा प्राध्यापक डा. भरतराज पहारी र लेखा आयोग अध्यक्ष पुष्पराज कँडेलको आज शपथ हुनेछ ।