आइतवार, श्रावण २४ गते २०८३

रूपन्देहीमा १७ वर्षीय युवकको बीभत्स हत्या

शुक्रवार , पौष ४, २०८२

काठमाडौँ । रूपन्देहीमा १७ वर्षीय युवकको बीभत्स हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार कञ्चन गाउँपालिका वडा नम्बर ३ धौलागिरीचोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार बिहीबार साँझ हत्या गरिएको अवस्थामा ईशानको शव नालीमा फेला परेको जानकारी दिए।

प्रहरीका अनुसार मृतक युवा बुधवार साँझ ८ बजेदेखि सम्पर्कविहीन रहेका थिए। खोजी गर्दै जाँदा बिहीबार साँझ करिब ६ बजे तिर स्थानीयले नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार