शुक्रवार, आश्विन १६ गते २०८३

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

शुक्रवार , पौष ४, २०८२

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदैछन् । दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत माग्ने छन् ।

विश्वासको मतका लागि प्रदेशसभाको बैठकमा उपस्थित हुन सांसदहरूलाई एसएमएस पठाइसकिएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सात दलका ७७ जना सांसदको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार