उनले राखेको विश्वासको मतको पक्षमा ९२ मत परेको थियो। विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन्। एक सय ७ सदस्यीय मधेस प्रदेश सभामा विश्वासको मतका लागि ५४ सांसद आवश्यक पर्छ।
नेपाली कांग्रेस संसदीय दलका नेता यादव सात दलीय गठबन्धनका ७७ सांसदको समर्थनमा गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। आज उनलाई नेकपा (एमाले)ले पनि विश्वासको मत दिएको हो।