काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री बनाएर सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धी झण्डै जोखिममा पुगेको बताएका छन्। आफुहरुले पार्टी एकता गरेर ओलीलाई प्रधानमन्त्री बनाएको तर, ओलीले झण्डै संघीयता खारेज गर्नेसम्मको कदम चालेको भनाई राखे ।
काठमाडौंमा सर्लाही-काठमाडौं समन्वय समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी एक नम्बरको पार्टी नभएसम्म राजनीतिक स्थायित्व नहुने र देशको समृद्धि र विकास पनि नहुने पछिल्लो एक दशकले पुष्टि गरेको बताए। संसदमा बोल्दा ओलीलाई आगोसँग नखेल्न भएको कुरा विस्तारै पुष्टि हुँदै जाने जिकिर प्रचण्डले गरेका छन्।