शुक्रवार, आश्विन १६ गते २०८३

यस्तो रहनेछ देशभरको मौसम, काठमाडौँ उपत्यकाको तापक्रम घट्यो

आइतवार , पौष ६, २०८२

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागमा हुस्सु लागेको छ । आइतबार दिउँसो देशभर आंशिक बदली रहने छ भने राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ ।

देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

यता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। महाशाखाका अनुसार आइतबार बिहान पौने ६ बजे काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन भएको हो । शनिबार यहि समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार