आइतवार, श्रावण २४ गते २०८३

अनुमति नलिई पर्सामा हतियारसहित बर्दीमा आए भारतीय सुरक्षाकर्मी

आइतवार , पौष ६, २०८२

काठमाडौं । पर्सामा बर्दीधारी भारतीय सुरक्षाकर्मी गाडीसहित नेपालतर्फ आएका छन् । उनीहरू भारतीय सीमावर्ती क्षेत्र धोबिनी गाउँपालिका–५ प्रवेश गरेको गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले जानकारी दिएका छन् ।

उनले भने, ‘भारतीय सुरक्षाकर्मी गाडी लिएर हतियार भिरेरै हाम्रो भूमिमा शुक्रबार आएका थिए । स्थानीयले अनुमति नलिई किन आएको भनेर प्रश्न गरे पनि उनीहरू जबर्जस्ती गरेर हाम्रो भूमिमा डुले, अनुमति नलिई आएका उनीहरू हाम्रो यहाँको प्रहरी चौकीमा पनि गएर निस्किए ।’ भारतीय बर्दीधारी सुरक्षाकर्मीलाई स्थानीयले रोक्ने प्रयास गरेको भिडिओ पनि सार्वजनिक भएको छ । सार्वजनिक भिडिओमा ‘यहाँ यसरी आउनुको के इजाजत छ ?’ भन्ने प्रश्न गरेको सुनिन्छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले पनि भारतीय सुरक्षाकर्मी आएको थाहा पाएको बताएका छन् । उनले भने, ‘भारतीय सुरक्षाकर्मी आएको जानकारी पाइयो, पछि हाम्रो प्रहरीसँग समन्वय गरेर फिर्ता भए ।’

प्रतिक्रिया
सम्बन्धित समाचार