काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हुन् । उनले भोलि ११ बजे काठमाडौंस्थित माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् । सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएको ढुङ्गानाले बताए ।
पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरेका छन् । उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी समेत गरेका छन् ।