आइतवार, श्रावण २४ गते २०८३

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो

सोमवार , पौष ७, २०८२

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ ।

तराई क्षेत्रमा तापक्रम हल्का घट्ने तथा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ ।

 पश्चिमी वायुको प्रभावले केही दिनयता दिउँसोपख आकाशमा बादल लाग्ने गरेको छ । तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविदले बताएका छन् ।

तराई मधेशमा केही दिनयता दिनभरजसो नै हुस्सु र कुहिरो लागेर घाम लाग्न नपाउँदा जाडो बढेको छ । पुसको कठ्यांग्रिँदो जाडोले विपन्न नागरिकलाई बढी समस्या भएको छ ।

हुस्सु र कुहिरोले पारदर्शिता कम हुँदा धनगढी, नेपालगञ्ज, भैरहवा, विराटनगर, चन्द्रगढी, सिमरा लगायतका विमानस्थलमा हवाइ उडान समयमा हुन सकेको छैन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार