काठमाडौं । बैतडीमा एक महिलाको मृत्युपछि लोक सेवा आयोगमा नाम निस्केको छ । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ घर भएकी भागरति कुँवरको मृत्युपछि लोक सेवा आयोगमा नाम निस्केको हो ।
कुँवरको प्रदेश लोक सेवा आयोग कोशीले गत असारमा लिएको अनमी अर्थात् सहायक स्तर चौथो तहमा खुला र महिला दुबै क्लस्टरमा नाम निस्केको हो । लोक सेवा आयोग कोशीले लिएको परीक्षामा चार हजार ४७ जना सहभागी मध्ये खुला तर्फ ८१ जनाको सिटमा कुँवरसहित ९० जना र महिलातर्फ २० सिटमा कुँवरसहित १२८ जनाले लिखित परीक्षा पास गरेका छन् ।
केही दिन अगाडि प्रकाशित नतिजामा सफल भएकी २३ वर्षीया कुँवरको गत भदौ १ गते मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उनले आत्महत्या गरेकी थिईन् । उनी विवाहित महिला थिइन् ।
शिक्षा संकायमा स्नातक उत्तीर्ण गरेकी कुँवर पुर्चौडी नगरपालिका अन्तर्गतको एक स्वास्थ्यचौकीमा कार्यरत थिइन् ।