राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । सबै प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ ।
देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यता शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस घटेको छ। महाशाखाले दिएको जानकारीअनुसार शुक्रबार बिहान ५ : ४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो। बिहीबार यहि समयमा उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस थियो।