‘पहिलो पक्ष र दोस्रो पक्षबीच बृहत् एकता भएपश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बीचमा निलो रङको घण्टीको आकृति, दलको चुनाव चिह्न 'घण्टी' र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने’, ‘सहमपति पत्रमा भनिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।’
यसैबीच बालेनसँग सहमतिपछि रवि लामिछानले फेसबुकमा लेखेका छन्, ‘सहमति भनेको नेताले खोजेकोजस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।’