ती दलका शीर्ष नेताहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाइदिन आग्रह गरेकी थिइन् । तीन दलका नेताहरूसँगको छलफल सकिएपछि रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री कार्यालय बालुवाटार पुगेका थिए । उक्त भेटमा मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी भएको हो ।
लामिछानेले निर्वाचनका लागि सरकारले गरिरहेको तयारीबारे चासो राखेका थिए भने जवाफमा प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा निर्वाचनमा होमिनका लागि ढुक्क भएर तयारी गर्न आग्रह गरेकी थिइन् ।
यसअघि सभापति लामिछानेले सहकारी प्रकरणमा जेलबाट रिहा भए लगतै पुस ६ गते पनि प्रधानमन्त्री कार्कीसँग भेट गरेका थिए ।