शुक्रवार, आश्विन १६ गते २०८३

माघको ६ गतेसम्म राजीनामा दिँदै मेयर बालेन

आइतवार , पौष १३, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

आज (आइतबार) बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमति भएसँगै बालेनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन् । उनले महानगरको सबै प्रक्रिया पुर्‍याएर माघको ६ गतेसम्म राजीनामा दिने भएको महानगर स्रोतले जनाएको छ ।

सहमतिपछि बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवार बन्ने छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार