काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । ११औं महाधिवेशनपछि एमाले केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो ।
बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबारे छलफल हुने बताइएको छ । आगामी २१ फागुनका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने दलहरूलाई निर्वाचन आयोगले भोलिसम्ममा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन मिति तोकेको छ ।
यसका लागि एमालेले उम्मेदवारहरूको प्रारम्भिक सूची तयार पारिसकेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले तयार पारेको प्रारम्भिक सुचीमाथि जारी बैठकमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।
साथै नेताहरूको कार्य विभाजन लगायत आन्तरिक विषयमा समेत छलफल र निर्णय हुने जनाइएको छ ।