शुक्रवार, आश्विन १६ गते २०८३

उपसभामुख इन्दिरा रानामगर सङ्घीय संसद् सचिवालयबाट बिदा भइन्

आइतवार , पौष १३, २०८२

काठमाडौं । उपसभामुख इन्दिरा रानामगर सङ्घीय संसद् सचिवालयबाट बिदा भएकी छन् ।

सङ्घीय संसद् सचिवालयमा रहेको आफ्नो निजी सचिवालयलाई आफूले प्रयोग गरेको गाडी बुझाएर फर्किएको जानकारी पाएको सङ्घीय संसद् सचिवालयले जजाएको छ । संविधानमा प्रतिनिधिसभा विघटन भएको अवस्थामा अर्को निर्वाचनका लागि उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिन सभामुख उपसभामुखको कार्यकाल सकिने उल्लेख छ ।

संविधानमा स्पष्ट नभएकाले उम्मेदवारी दाखिला गर्ने दिन समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाउने अघिल्लो दिन मान्ने कि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मान्ने भन्नेमा विवाद छ । यता सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन छोड्ने जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले समानुपातिक तर्फको सूची बुझाउने पुस १३ र १४ गते तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने माघ ६ गतेका लागि मिति तोकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार