शुक्रवार, आश्विन १६ गते २०८३

उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच एकताको तयारी

आइतवार , पौष १३, २०८२

काठमाडौं । डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकताको तयारी गरिएको छ ।

दुवै पार्टीका वार्ता टोलीबीच पटक–पटक छलफल भएपछि आइतबार साँझ शीर्षतहका नेतासहितको छलफल हुने उज्यालो पार्टीका केन्द्रीय सदस्य जितराम तामाङले जानकारी दिएका छन् । यसअघि कुलमान नेतृत्व ऊज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि एकताको तयारीमा थियो । तर, रास्वपामा विलय हुने गरी नजाने निर्णय गरेको थियो ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्‌का सदस्य सुदन किराँतीले पनि यसअघि पटकपटक छलफल भएको र आज पनि छलफल हुने जानकारी दिएका छन् ।

उनले भने, ‘हामी निरन्तर संवादमै छौँ । हाम्रो गन्तव्य पार्टी एकतासम्मको हो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार