आफूमाथि लगाइएका आरोपको सत्यतथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा आफू स्वयं अघि बढेको उल्लेख गर्दै गुरुङले लेखेका छन्, ‘हामीमाथि लगाइएको आरोपको सत्यतथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको छु।’
छानबिनबाट सत्य उजागर हुनेमा विश्वास व्यक्त गर्दै उनले लेखेका छन्, ‘सत्य कहिल्यै डराउँदिनँ। आरोप होइन, प्रमाण बोल्नुपर्छ र आज मैले प्रमाण प्रस्तुत गरेको छु।’