उनले समानुपातिकतर्फ उम्मेदवार बस्यो भने पार्टीका साथीहरूको अवसर र सम्भावना खोसिने बताए । उनले भने ‘प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने घोषणा गर्नुको अर्थ समानुपातिकबाट संसदमा जाने भन्ने होइन, पार्टी महामन्त्री समानुपातिकमा बस्नु भनेको एक अर्को साथीको सम्भावना र अवसर खोस्नु हो, म त्यस्तो गर्न चाहन्न । कांग्रेसलाई बदल्न र आगामी दिनमा नयाँ ढंगले स्थापित गर्न जरूरी छ, म त्यसमै समर्पित हुन चाहन्छु । उनले भने ।
उनले आफू संसदमा नगएर सम्पूर्ण समय पार्टीमा काम गर्न चाहेको पनि बताएका छन्।