शुक्रवार, आश्विन १६ गते २०८३

एमाले बैठकको निर्णय : समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा ओलीलाई

आइतवार , पौष १३, २०८२

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवारको नाम अन्तिम टुंगो लगाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्षबाट प्रस्तुत भएका र सबैतिरबाट आएका सुझाव समेटेर ओलीले नै टुंगो लगाउने समझदारी भएको एक पदाधिकारीले बताए ।

अध्यक्षले नेताहरुसँग आवश्यक परामर्शपछि बन्द सूची टुंगो लगाएर भोलि निर्वाचन आयोगमा पेश गर्ने निर्णय बैठकले गरेको छ । एमालेको सचिवालय बैठक अहिले पनि जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार