‘पूर्वनिर्धारित मितिमा निर्वाचन गराउने बाहेक अन्य विकल्पबारे अब सोच्न हुँदैन,’ प्रचण्डले भने, ‘देशलाई निकास दिने अब निर्वाचनमात्रै सबभन्दा राम्रो विकल्प हो। अन्य विकल्पतिर सोच्न थालियो भने देश अर्को दुर्घटनामा पर्छ।’
प्रचण्डले निर्वाचनमा सबै दल सहभागी हुने वातावरण बन्दै गएको बताए। समानुपातिकतर्फको बन्दसूची बुझाउने तयारी गर्दा आफूलाई खुसी लागेको उनको भनाई थियो।
प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषय राज्यको दायित्वभित्र पर्ने भन्दै शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्नेमा पनि जोड दिए।
जेनजीहरूमा राजनीतिप्रति रुचि बढ्दै जानु सकारात्मक पक्ष भएको बताए।