आइतवार, श्रावण २४ गते २०८३

इटहरीमा ज्वाइँको कुटपिटबाट सासूको हत्या

सोमवार , पौष १४, २०८२

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकमा ज्वाइँको कुटपिटबाट सासूको मृत्यु भएको छ ।

भोजपुरबाट छोरी भेट्न आएकी ५६ वर्षीया पविमाया बयलकोटीको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो । मोरङको बेलबारी नगरपालिका–६ बाहुनी घर भएका ४० वर्षीय गणेश शाहा गुप्ता र सासूबीच विवाद भएको थियो । विवादकै क्रममा ज्वाई गुप्ताले पानी तान्ने ट्युबेलको ह्याण्डिलले बयलकोटीको टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

घटनापछि घाइते बयलकोटीलाई उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल मोरङ पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक सुवास हमालको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो ।

ट्युबेलको ह्याण्डिल प्रहार गरी फरार रहेका आरोपी गुप्तालाई तत्काल पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार