शुक्रवार, आश्विन १६ गते २०८३

पूर्वगृहमन्त्री लेखक बयानका लागि जाँचबुझ आयोगमा पुगे

सोमवार , पौष १४, २०८२

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक बयानका लागि जाँचबुझ आयोगमा पुगेका छन् ।

सोमबार मध्याह्न पूर्व गृहमन्त्री लेखक सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन् । आयोगले गत साता बयानका लागि पत्र पठाएको थियो । जेनजी आन्दोलनका वेला ७६ जनाको ज्यान गएको थियो ।

त्यतिवेला लेखक गृहमन्त्री थिए भने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । ओलीसँग पनि जाँचबुझ आयोगले बयान लिने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार