शुक्रवार, आश्विन १६ गते २०८३

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

मंगलवार , पौष १५, २०८२

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी जियाको आज बिहान उपचारका क्रममा निधन भएको हो। उनी विगत २० दिनदेखि भेन्टिलेटरमा रहेकी थिइन्।

खालिदा जिया विगत केही वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखा सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिइन्। उनको निधनको पुष्टि परिवार र पार्टीका नेताहरूले गरेका छन्।

सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म गरी दुई पटक बंगलादेशको प्रधानमन्त्री बनेकी जिया पूर्व राष्ट्रपति जिया-उर-रहमानकी पत्नी हुन्। उनी बंगलादेशको इतिहासमा पहिलो महिला प्रधानमन्त्री समेत हुन्।

 

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार