शुक्रवार, आश्विन १६ गते २०८३

६४ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची

मंगलवार , पौष १५, २०८२

काठमाडौँ । आगामी निर्वाचनको लागि ६४ दलले मात्रै समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार र मंगलबार जम्मा ६४ दलले मात्रै समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाएका हुन्।

निर्वाचन आयोगमा १ सय दल दर्ता भएका छन् । ६४ वटा राजनीतिक दलबाट ३ हजार ४२४ जनाको उम्मदेवारी परेको निर्वाचन आयोगले जनाएको छ।

यस्तैमा ठुलो दल नेपाली कांग्रेसले अहिलेसम्म उम्मेदवारको बन्दसूची बुझाउन सकेको छैन। नामावली बुझाउनका लागि कांग्रेस निर्वाचन आयोगमै रहेको छ । सूचीमा समेटिएका नाम हेरफेर गर्दा ढिलो भएको बताइएको छ ।

निर्वाचन आयोगमा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, नेपाल श्रम संस्कृति पार्टी, बहुजन शक्ति पार्टी, नेकपा संयुक्त, नेकपा, नेपाली जनता दल, जय मातृभूमि पार्टी, नेकपा माओवादी, सार्वभौम पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता दल, संयुक्त नागरिक पार्टी, राष्ट्र निर्माण पार्टी, राष्ट्रिय जनता पार्टी, नेपाल मातृभूमि पार्टी, मितेरी पार्टी, जनअधिकार पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, संसदीय लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, कांग्रेस बीपी लगायतका दलले समानुपाति सूची निर्वाचन आयोगमा बुझाएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार