शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेस पनि पुग्यो निर्वाचन आयोग

मंगलवार , पौष १५, २०८२

काठमाडौँ । समानुपातिक उम्मेदवारको बन्दसूची लिएर नेपाली कांग्रेसका उम्मेदवार आज निर्वाचन आयोगमा पुगेका छन्। 

कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्मासहित नेता बन्दसूची लिएर आयोगमा पुगेका हुन्। निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो। 

सोमबार दिउँसै कांग्रेस नेता विश्वकर्मा समानुपातिक सूची बुझाउन निर्वाचन कार्यालयमा पुगेका थिए।  तर, पछि सूचीमा समेटिएका नाम हेरफेर गर्दा ढिलाइ भएको कांग्रेस नेताहरूले बताएका छन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार