काठमाडौं। सुदूरपश्चिम प्रदेशमा १३ जनाले नेकपा एकिकृत समाजबादी रोजेका छन्। सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ मध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन्।
उनिहरुले सनाखत गर्न भने बाँकी रहेको जनाइएको छ। उनिहरुले आजै सनाखत गर्ने तयारी गरेका छन्। समाजवादी रोज्नेहरुमा दिर्घ सोडारी, पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, तारा लामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट रहेका छन्।