शुक्रवार, आश्विन १६ गते २०८३

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणासभा आयोजना

बुधवार , पौष १६, २०८२

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वबीचको एकता घोषणासभा आयोजना गरिएको छ ।

यसअघि लिङ्देन र थापाले गत ९ पुसमा एकता घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै एकता घोषणा भइरहेको छ । पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।

०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए ।

थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार