शुक्रवार, आश्विन १६ गते २०८३

समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउँछौँ : रवि लामिछानेले

बुधवार , पौष १६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन आयोगलाई बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूची सच्याइने प्रतिबद्धता जनाएका छन् ।

मङ्गलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले समानुपातिक सूचीमा विभिन्न कारणले त्रुटि भएको भन्दै त्यसलाई सच्याउन रास्वपा तयार रहेको बताएका हुन् । सभापति लामिछानेले भने, ‘विभिन्न क्षेत्रमा प्रमाणित गरिसकेका साथीहरू छन् । कतिपय समय अभावले पनि भएको छ । कतिपय प्राविधिक कुराहरू छन्, कतिपय केही समस्याहरू छन् ।’

उनले थपे, ‘एउटा कुरा के हुन्छ भने नियतमा समस्या हुँदैन, निर्णयहरू कहिलेकाहीँ तलमाथि भएपनि सच्याउन सकिन्छ । साथीहरूले बुझिदिनुहोला, हामीले बोक्नुपर्ने कोही पनि छैनन् । सच्याउनुपर्ने कुरा सच्याइन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार