काठमाडौं । मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज ६ जना मन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री यादवले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेसँगै सरकारले पूर्णता पाएको छ । यादव गत १९ मंसिरमा मुख्यमन्त्रीमा नियुक्त भएपनि दलीय भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन् ।
मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाल कर्णले जसपा नेपालका मनिषकुमार सुमन (श्रम तथा यातायात मन्त्रालय), राजकुमार गुप्ता (भौतिक पूर्वाधार विकास मन्त्रालय), जनमतका वसन्तकुमार कुशवाहा (खेलकुद तथा समाज कल्याण मन्त्रालय) मा नियुक्त गरेका हुन् ।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका फकिरा महतो (गृह, सञ्चार तथा कानुन मन्त्रालय), नेपाल कांग्रेसका शंकरप्रसाद चौधरी (वन तथा वातावरण मन्त्रालय) र श्यामप्रसाद पटेललाई (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) मा नियुक्त गरेका छन् ।