शुक्रवार, आश्विन १६ गते २०८३

सिंहदरबारमा दुर्गा प्रसाईं र प्रधानमन्त्रीबीच भेटवार्ता

बिहिवार , पौष १७, २०८२

काठमाडौंं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच छलफल भएको छ ।

प्रसाईंको टोलीसँग प्रधानमन्त्री कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता गरेकी हुन् । प्रसाईंले आफूहरूले राख्दै आएका मागको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । यसअघि पनि प्रसाईंको समूहसँग सरकारले पटकपटक वार्ता गरेको थियो ।

प्रसाईं समूहले राखेका मागबारे थप छलफल गर्नका लागि आज वार्तामा बसेको प्रसाईंको सचिवालयले जनाएको छ । भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल लगायत सहभागी भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार