शुक्रवार, आश्विन १६ गते २०८३

महामन्त्रीद्वय थापा र शर्माद्वारा कांग्रेसको महाधिवेशन स्थगित, विशेष महाधिवेशन आह्वान

बिहिवार , पौष १७, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरेका छन् ।

बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले विशेष महाधिवेशन सम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको बताए ।

विज्ञप्तिमा उल्लेख छ, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो । तर नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ ।’

विधानको धारा १७ को २ अनुसार विशेष महाधिवेशन माग सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी रहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘अत: पार्टी विधानको दफा १७ (२) बमोजिम विशेष महाधिवेशन सम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो, उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइनेछ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार