शुक्रवार, आश्विन १६ गते २०८३

महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगन घोषणा गरेपछि कांग्रेसमा खैलाबैला, आज बैठक

शुक्रवार , पौष १८, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् ।

विशेष महाधिवेशन पक्षधरले शुक्रबार बिहान ११ बजे अनामनगरस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएका छन्। पत्रकार सम्मेलनमा विशेष महाधिवेशनका विषयमा जानकारी दिइने जनाइएको छ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त वक्तव्य जारी गरी नियमित महाधिवेशन स्थगित भएको घोषणा गरे पछि त्यस विषयमा थप जानकारी दिन उनीहरूले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

उनीहरू नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेसँगै विशेष महाधिवेशन गर्ने तयारीमा छन् । उनीहरूले विशेष महाधिवेशनका लागि भनेर भृकुटीमण्डपस्थित हल बुकिङ गरिसकेका छन्। पुस २६ र २७ गतेका लागि हल बुकिङ गरिएको छ।

यसैबिच विशेष महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेख्न महामन्त्री थापा धुलिखेल गएको उनीनिकट एक नेताले बताए । अर्का महामन्त्री शर्माले नेताहरूसँग विशेष महाधिवेशनबारे छलफल गर्नेछन् ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार