काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनका लागि तीनवटा प्रस्ताव राखेका छन् ।
शुक्रबार छलफलका लागि आएका २५ बढी केन्द्रीय सदस्यसँग शर्माले केन्द्रीय समितिले नै आह्वान गर्ने गरी तीनवटा प्रस्ताव गरेका हुन् । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा विवाद चर्किँदो छ ।
महामन्त्रीहरू विशेषको विकल्प नभएको बताउँदै आएका छन् भने संस्थापन समूहका नेता भने फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुने भएपछि त्यसअघि महाधिवेशन सम्भव नभएको बताउँदै आएका छन् ।
यस्ता छन् शर्माका तीन प्रस्ताव
– पहिलो उनले केन्द्रीय सदस्यहरूलाई भने केन्द्रीय समितिले नै बैठक आह्वान गरेको अवस्थामा पुस २६ गते महाधिवेशन बोलाउने र नीति र नेतृत्व चयन भने २७ गते गर्न सकिन्छ ।
– दोस्रो केन्द्रीय समितिले नै बोलाउने र यसलाई नीति महाधिवेशन रुपमा गरेर संकल्प महाधिवेशनमा रुपान्तरण गर्ने ।
– तेस्रो विकल्प हो विधानअनुसार, अहिलेको मागअनुसार विशेष महाधिवेशन गर्ने ।’