शुक्रवार, आश्विन १६ गते २०८३

रास्वपाको समानुपातिक सूचीबाट अभिनेता आशिफको नाम फिर्ता, काठमाडौँ-५ मा प्रत्यक्ष उठ्ने घोषणा

शनिवार , पौष १९, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट समानुपातिक उम्मेदवार बनेका अभिनेता आशिफ साहले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। 

जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सांसद नबन्ने उल्लेख गर्दै उनले अब प्रत्यक्षतर्फ उम्मेदवार बन्ने बताएका छन्। 

‘यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु’, शनिबार बिहानै सामाजिक सञ्जालमार्फत अभिनेता आशिफले भनेका छन्, ‘प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ-  प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ, उठ्ने नै हो। हामी काठमाडौँ-५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौँ।’ साथै उनले समानुपातिक सूचीमा रहेका अन्य साथीलाई पनि जनआवाजको सम्मान गर्दै नाम फिर्ता लिन आग्रह गरेका छन्। 

‘साथै जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आआफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु’, उनले लेखेका छन्।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार